Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

इच्छाकामना न्युज

२३, बैशाख २०८१
सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विशवासको मत दिन ढिला हतार नगर्न निर्देशन दिएका छन् ।

images
images

शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न भनेका हुन् ।

नेता रावलले बालकोटमा भएको भेटवार्तामा अध्यक्ष ओलीले सोडारीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्न भनेको बताए । बझाङ उपनिर्वाचनमा निर्वाचित एमालेका दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने नेता रावलको भनाई छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १०:२५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology