Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वाईवाई चाउचाउ गुणस्तरहीन भेटिएपछि काठमाण्डौ महानगरद्वारा २ लाख जरिवाना, तुरुन्त बजारबाट उठाउन निर्देशन

वाईवाई चाउचाउ गुणस्तरहीन भेटिएपछि काठमाण्डौ महानगरद्वारा २ लाख जरिवाना, तुरुन्त बजारबाट उठाउन निर्देशन

images

इच्छाकामना न्युज

१४, बैशाख २०८१
वाईवाई चाउचाउ गुणस्तरहीन भेटिएपछि काठमाण्डौ महानगरद्वारा २ लाख जरिवाना, तुरुन्त बजारबाट उठाउन निर्देशन
images

काठमाडौं । चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउको गुणस्तर फेल भएको भेटिएको छ । काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ ।

waiwai.jpg

महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।

चाउचाउमा पनि अस्वाभाविक ढुसी देखिएपछि एक उपभोक्ताले महानगरमा उजुरी गरेका थिए । उक्त उजुरीपछि महानगरको अनुगमन टोलीले उक्त लटका केही चाउचाउका प्याकेट बजारबाट ल्याएर जेस्ट ल्याब्रोटरीमा परीक्षणको लागि पठाएको थियो । ‘परीक्षणमा चाउचाउमा हुनुपर्ने एसिड भ्यालु नभएको देखिएको थियो । सोही आधारमा हामीले कारबाही सुरु गरेका हौं । अन्य लटको चाउचाउमा पनि अब अनुगमन हुन्छ,’ झाले अनलाइनखबरसँग भने ।

 

images
प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - ०८:०८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology