Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा नेकपा एमालेको ‘जनतासँग एमाले’ अभियान सकियो

चितवनमा नेकपा एमालेको ‘जनतासँग एमाले’ अभियान सकियो

इच्छाकामना न्युज

१०, बैशाख २०८१
चितवनमा नेकपा एमालेको ‘जनतासँग एमाले’ अभियान सकियो
images

चितवन । नेकपा (एमाले) चितवनले फागनु १५ गतेबाट सुरु गरेको ‘जनतासँग एमाले’ अभियान सकिएको छ । जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गरेर दुई महिले अभियान सकिएको हो ।

images
images

अभियानले चितवनलाई एमालेमय बनाएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले दाबी गरे । चितवनका ९८ वटै वडामा प्रदेश कमिटीका वर्तमान सदस्य, पूर्वसदस्य र जिल्ला कमिटी सदस्यलाई अभियानको वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको थियो । जसले कार्यक्रम प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको अध्यक्ष न्यौपानेले बताए । उनीहरुले टोलटोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाए ।

अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियानअन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन, पार्टी सदस्यता नविकरण, नयाँ पार्टी सदस्यता वितरण, वडा स्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरु गठन पुनःगठन गर्ने कामहरु यस अभियानको क्रममा भएका छन् ।

यसैगरी स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरुका बारेमा अभियानका क्रममा जनतालाई सुसूचित गराउने, वार्डस्तरमा रहेका संघ संस्थाहरुको विवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने काम समेत अभियानका क्रममा गरिएको एमाले चितवनले जनाएको छ ।

अभियानले एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्न सफल भएको पार्टी कमिटीको विश्वास छ ।

२ महिने अभियान समाप्तिपछि अब नेकपा एमाले चितवन जिल्ला अधिवेशनमा जुटेको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते ११ औं जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको छ । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने तयारी एमाले चितवनले थालेको छ ।

अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् । आज वैशाख १० गतेबाट चितवन जिल्लाभित्र पार्टीको कुनै पनि तहको अधिवेशन जिल्ला अधिवेशन नसकिएसम्मका लागि रोकिएको पार्टीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - २१:५३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology