Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

images

इच्छाकामना न्युज

८, बैशाख २०८१
चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन
images

भरतपुर। चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ । अस्पतालको शनिबार राइनो होटल सौराहामा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ समिति चयन गरेको हो ।

नयाँ समितिमा अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको सञ्चालक समिति अध्यक्षमा भरतराज रेग्मी नै चयन भएका छन् । यस्तै प्रवन्ध निर्देशकमा डा नवराज लामिछाने चयन भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा ॠषिराम पौडेल र मेडिकल निर्देशकमा डा मनोज कँडेल रहेका छन् । बोर्डका अन्य सदस्यहरुमा असिम श्रेष्ठ, हरि सापकोटा र डा श्वेता कुमारी गुप्ता रहेका छन् । नयाँ समिति सदस्यहरुलाई सोही कार्यक्रममा शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरु डा साजन केसी, डा अमित चौधरी, बिष्णु अधिकारीलगायतको पनि उपस्थिति थियो । यस्तै सोही अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम समेत गरिएको प्रवन्ध निर्देशक डा नवराज लामिछानेले जानकारी दिनुभयो । चितवन एभरेष्ट अस्पताल भरतपुर १० स्थित अस्पताल रोडमा रहेको छ । 

images
प्रकाशित मिति :बैशाख ८, २०८१ शनिवार - १६:१७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology