Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गजल

गजल

राजु आचार्य ‘दिप’

२४, माघ २०७७
गजल
images

एउटै मान्छेको हातमा चल्छ क्यारे देश?
काममा भन्दा बातमा चल्छ क्यारे देश?

images
images

सहमति सम्झौताको त कुरा हुनै छाड्यो
दिनमा होइन रातमा चल्छ क्यारे देश?

कस्तो हिँडाई छ अचम्मको एकलकाँटे
दम्भै दम्भको मातमा चल्छ क्यारे देश?

एकताको टपरी गाँस्नु पर्ने यो बेला 
छिरलिएको पातमा चल्छ क्यारे देश?

कहिलेकाही त सकियोस दान धर्म गर्न
मागी खाने भातमा चल्छ क्यारे देश?

काउले, चितवन

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १०:३६:५१ बजे

राजु आचार्य ‘दिप’

लेखक आचार्य शिक्षण पेशामा आवद्ध हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology