Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मिमोसा टेकको टेबुल पात्रो प्रकाशन

मिमोसा टेकको टेबुल पात्रो प्रकाशन

images

इच्छाकामना न्युज

१, बैशाख २०८१
मिमोसा टेकको टेबुल पात्रो प्रकाशन
images

भरतपुर । मिमोसा टेक सोलुसनले टेबुल पात्रो सार्वजनिक गरेको छ। शुक्रबार भरतपुरमा चितवनका सफल व्यवसायीहरु प्रभाकर पण्डित र टेकलाल भुसाललगायतको उपस्थितिमा २०८१ सालको टेबुल पात्रो सार्वजनिक गरिएको हो। 

स्थानीय तहहरुमा योजना शाखाको लागि सफ्टवेयर निर्माण गर्दै आएको मिमोसाले पहिलोपटक टेबुल पात्रो प्रकाशनमा ल्याएको हो। पहिलोपटक गरिएको प्रयासले नयाँ उर्जा मिलेको मिमोसा टेक सोलुसनका सञ्चालक विनोद अनुजले जानकारी दिए। 

धेरै व्यक्ति तथा संघ संस्थाहरुले भित्तेपात्रो प्रकाशनमा जोड दिने गरिएको हुँदा मिमोसाले टेबुलमा राख्ने पात्रो प्रकाशन गरेको उनको भनाइ छ। 

टेबुल पात्रोको विमोचन गर्दै व्यवसायी प्रभाकर पण्डितले स्थानीय तहलक्षित कार्यक्रमको सिलसिलामा प्रकाशन गरिएको टेबुल पात्रोलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जानुपर्ने सुझाव दिए।

मिमोसाले भरतपुर-४, धर्मचोकबाट सेवा दिँदै आइरहेको छ। छोटो कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामनासमेत आदानप्रदान गरिएको थियो।

images
प्रकाशित मिति :बैशाख १, २०८१ शनिवार - २२:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology