Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

इच्छाकामना न्युज

३०, चैत्र २०८०
एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
images

नवलपरासी । नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

images
images

सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन् । कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए ।

अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला चार, महिला दुई, युवा एक गरी चारवटा नगरपालिकाबाट २८ जना, गाउँपालिकाबाट खुला दुई, महिला दुई, युवा एक गरी चारवटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ ।

जिल्लालाई एउटा भूगोल मानी खुला १४, महिला नौ र युवा चार गरी २७ सदस्य निर्वाचित भएका छन् । समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला तीन, महिला तीन, युवा पुरुष एक, युवा महिला एक, दलिततर्फ खुला चार, महिला दुई र युवा एक, थारू खुला तीन र महिला एक, अल्पसङ्ख्यक एक, मुस्लिम एक, अपाङ्ग एक गरी २२ र मजदुरबाट एक जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।

 

images
प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - ०७:४४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology