Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सल्किएको डढेलो निभाउँदा जलेका तीन सैनिकको निधन

सल्किएको डढेलो निभाउँदा जलेका तीन सैनिकको निधन

इच्छाकामना न्युज

२८, चैत्र २०८०
सल्किएको डढेलो निभाउँदा जलेका तीन सैनिकको निधन
images

डोल्पा । डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ।

images
images

सोमबार बिहान डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका नेपाली सेनाका ३ जवानको निधन भएको हो।ज्यान गुमाउनेहरूमा २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्घा मगर छन्।अर्का एकजनाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा सोमबार राति नै निधन भएको थियो। 

डढेलो निभाउँदा गम्भीर घाइते भएका तातोपानी गाउँपालिका-४ , जुम्ला निवासी २८ वर्षीय सैनिक जवान हेमन्त रावतकाे उपचारकाे क्रममा सोमबार नै डाेल्पा जिल्ला अस्पतालमा निधन भएकाे थियो।दुनैस्थित देवीदत्त गुल्बाट सल्किएको आगो सामुदायिक वनमा डढेलोका रुपमा परिणत भएपछि निभाउने क्रममा घाइते ती सैनिकको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो।

डोल्पाबाट सोमबार हेलिकप्टरमा काठमाडौं लगिएका दुई सैनिकको उपचारका क्रममा कीर्तिपुर जलन अस्पतालमा मंगलबार निधन भएको हो। डोल्पास्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चारजना सैनिक गम्भीर घाइते भएका थिए।   

शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। डोल्पामा उपचार सम्भव नभएपछि दुवैजनालाई नेपाली सेनाको हेलिकप्टरले नेपालगन्ज हुँदै काठमाडौं लगेको थियो।दुनैमै निधन भएका रावलको शव नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डढेलो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आएको आगोले खोल्सामा रहेका उनीहरू जलेर घाइते भएका थिए।सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै निभेको छैन। वनको डढेलो निभाउन नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र स्थानीयको टोली खटिएको छ। 

सदरमुकाम सुरक्षार्थ तैनाथ देवीदत्त गुल्म वरिपरिको फोहोर जलाउने क्रममा आगो हावाहुरीको कारणा अनियन्त्रित भए सामुदायिक वनमा पुगेको थियो। सेनाको लापरबाहीका कारण मानवीय क्षतिसमेत हुनेगरी यति ठूलो घटना भएको स्थानीयबासी बताउँछन्। सेनाकै कारण एउटा सामुदायिक वन पनि सखाप भएको उनीहरूको गुनासो छ। 

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - ०७:३५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology