दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले आगामी नयाँ वर्ष २०८१ देखि नियमित रुपमा काव्य बाचन कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षामा मंगलबार बसेको वैठकले तनहुँमा साहित्यिक जागरण ल्याउन महिनाको एक पटक काव्य वाचन कार्यंक्रम गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव अमरराज नहर्कीले जानकारी दिनुभयो ।
पहिलो कार्यक्रम वैशाख ८ गते शनिबार दिउँसो १ बजे अनसन चौतारी दमौलीमा गर्ने निर्णय भएको छ । सो कार्यक्रमको लागि संयोजकमा प्रतिष्ठानका उपाध्यक्ष संगम सापकोटा र उपसंयोजकमा प्रतिष्ठानका सदस्य तेजप्रसाद लामिछानेलाई तोकिएको छ ।