Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आदिवासी जनजाति महोत्सवमा नारायणी नदी किनारमा बनाएको घरमा आगलागी

आदिवासी जनजाति महोत्सवमा नारायणी नदी किनारमा बनाएको घरमा आगलागी

images

इच्छाकामना न्युज

२७, चैत्र २०८०
आदिवासी जनजाति महोत्सवमा नारायणी नदी किनारमा बनाएको घरमा आगलागी
images

चितवन । नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाईएका घरमा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति पौने नौ बजे आगोलागी भएको हो । अहिले नेपाल प्रहरी र दुई वटा दमकलबाट आगो निभाउने काम भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीप्रसाद भण्डारीले जानकारी दिए ।

434674704_2685041678312089_3560790660071786322_n.jpg

आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नारायणी नदी किनारमा विभिन्न जात जातिका ११ वटा घर बनाइएको थियो ।यी घरहरु सबैमा आगो फैलिएको थियो भने २ वटा घरमा भने आगो लाग्न नपाएको भण्डारीले जानकारी दिए । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा नारायणी नदी–किनारमा चैत्र ९ गतेदेखि २१ गतेसम्म सांस्कृतिक महोत्सव भएको थियो । आगोलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - ०८:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology