Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुख्यमन्त्रीको दाबेदार हरि चुमान तेस्रो पटक बने मन्त्री 

मुख्यमन्त्रीको दाबेदार हरि चुमान तेस्रो पटक बने मन्त्री 

images

इच्छाकामना न्युज

२६, चैत्र २०८०
मुख्यमन्त्रीको दाबेदार हरि चुमान तेस्रो पटक बने मन्त्री 
images

तनहुँ । नेपाली काँग्रेससँगको सत्ता सहयात्रा टुटेपछि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान अबसरकारको नेतृत्व आफुले पाउनेपर्ने भन्दै पटक पटक राजधानी गए । उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेतलाई भेटी सरकारको नेतृत्व यसपटक आफुले पाउनु पर्ने दावी प्रस्तुत गरेका थिए । यस अघिको सरकारमा पनि मुख्यमन्त्रीको दावेदार रहेका चुमान यसपटक मुख्यमन्त्री बन्न अलि बढि नै लागेका थिए ।

तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको विचमा गन्डकी प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमती भयो । सोही अनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्ती भए । एमालेका अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले दलका नेता चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो ।

चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री बनेका हुन् ।

गत पुस २६ गते एमाले–माओवादीकै सरकारमा खगराज मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो बेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए । अहिले फेरि खगराज नेतृत्वकै सरकारमा चुमान मन्त्री बनेका हुन् । चुमान पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ०७:४५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology