Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन

इच्छाकामना न्युज

२५, चैत्र २०८०
गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन
images

चितवन । गुरुङ समुदायको भाषा, संस्कार, संस्कृतिको पहिचान बारे समेटेर बनाएको गुरुङ कथानक चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन भएको छ । शनिबार चितवनको नारायणगढ स्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदशन गरिएको हो ।

images
images

चलचित्र ‘मार्कली’ले चितवनमा दर्शकहरुको अपार माया पाएको चलचित्रका चितवन प्रदर्शनका संयोजक तमू कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले जानकारी दिए । चलचित्र प्रदर्शनका लागि चलचित्रका टिमहरु निर्देशक माओत्सेतुङ गुरुङ, बलबहादुर गुरुङ, कलाकारहरु बबिता गुरुङ, प्रतिक्षा गुरुङ लगायत चितवन आएका थिए ।

पाईला फिल्म्स् प्रा. लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘मार्कली’ को निर्देशन माओत्सेतुङ गुरुङ र बल बहादुर गुरुङले गरेका छन् भने राम बहादुर गुरुङ, रक्षा गुरुङ, भिम गुरुङ, राजु गुरुङ, प्रदिप कुमार गुरुङ, बल बहादुर गुरुङ, इश्वर गुरुङ र सुनिता गुरुङ चलचित्रमा निर्माता रहेका छन् ।

यस्तै चलचित्रमा बल बहादुर गुरुङ, गणेशमान घले, अश्मि गुरुङ, बबिता गुरुङ, प्रतिक्षा गुरुङ, अन्जना गुरुङ, रक्षा गुरुङ, अर्चना गुरुङ, सुसन गुरुङ र गोविन्द पोखरेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेका छन् । 

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १०:०८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology