Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस चौतारी चितवनको भवन निर्माणका लागि पत्रकार महासंघ र एमाले उपाध्यक्ष पाठकद्वाराको आर्थिक सहयोग

प्रेस चौतारी चितवनको भवन निर्माणका लागि पत्रकार महासंघ र एमाले उपाध्यक्ष पाठकद्वाराको आर्थिक सहयोग

images

इच्छाकामना न्युज

२५, चैत्र २०८०
प्रेस चौतारी चितवनको भवन निर्माणका लागि पत्रकार महासंघ र एमाले उपाध्यक्ष पाठकद्वाराको आर्थिक सहयोग
images

चितवन । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भरतपुर ११ बसेनीमा बन्दै गरेको भवनका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी नै छ । भवनका लागि नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले आफ्नो जन्मदिनको अवसर पारेर ३० हजार सहयोग गरेका छन् ।

उनले चौतारी चितवनले देशकै पत्रकारहरुको लागि सन्देश जाने गरी भवन निर्माण गर्ने जस्तो अनुकरणीय कार्य गरेको भन्दैं जन्मदिनको अवसरमा हुने फजुल खर्चहरु नगरेर भवनका लागि आर्थिक सहयोग गरेको बताए । उनले पत्रकारहरुको संस्थागत विकासका लागि भवनले टेवा पुग्ने विश्वास लिइएको बताए । उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट भवनका लागि सहयोग जुटाउन भूमिका खेल्ने बताए ।

यस्तै, पत्रकार महासंघ चितवन शाखाले भवन निर्माणका लागि २५ हजार आर्थिक सहयोग गरेको छ । जिल्लामा क्रियाशील पत्रकार सम्वद्ध संघसंगठनहरुको विकासका लागि उनीहरुले आफ्नो भवन बनाउँदा महासंघकोसमेत सहभागिता हुने हिसावले आर्थिक सहयोग गर्ने नीति महासंघले लिएको सचिव दीपेन्द्र अधिकारीले जानकारी दिए ।

पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले २५ हजारको चेक प्रेस चौतारी चितवनलाई प्रदान गरेका थिए । चौतारीको भवनको तेस्रो तला ढलानको तयारी भैरहेको छ । भवनको भूँई तलामा कार्यालय, दोस्रो तलामा हल र तेस्रो तलामा आवासीय कोठाहरु रहनेछन् । समाजसेवी केशव कार्कीले दान गरेको करीव ७० लाख पर्ने जग्गामा चौतारीको देश कै पहिलो भवन बन्दैछ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ०८:१२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology