Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एकिकृत समाजवादी चितवनका जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

एकिकृत समाजवादी चितवनका जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

images

इच्छाकामना न्युज

२५, चैत्र २०८०
एकिकृत समाजवादी चितवनका जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश
images

चितवन । नेकपा एकीकृत समाजबादीका जिल्ला सदस्य कमलबहादुर घिमिरे नेकपा एमालेले प्रवेश गरेका छन् । नेकपा एमाले रत्ननगर वडा नं १० वडा कमिटीको अधिवेशनमा घिमिरे एमालेमा प्रवेश गरेका हुन । घिमिरेलाई एमालेका केन्द्रय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया र केन्द्रीय सदस्य शिवकुमारी गोतामे, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीमा स्वागत गरेका थिए ।

रत्नगर नगरपालिका वडा नं १० निवासी घिमिरे पार्टी विभाजन हुनुपूर्व एमालेका वडा कमिटी अध्यक्ष थिए । पार्टी विभाजनपछि एकीकृत समाजबादीमा लागेका घिमिरे सो पार्टी भविश्य नदेखेपछि पुरानै घरमा फर्किएको बताए । घिमिरे रत्ननगरका पुराना तथा प्रभावशाली नेताको रुपमा परिचित छन् ।

अधिवेशनले काशिनाथ शर्माको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा छन्नुराम चौधरी, सचिबमा उमेश केसी, सह(सचिबहरूमा लक्ष्मीधर शर्मा हिमाल, उषा राना र सदस्यहरुमा पिताम्बर लामिछाने, पुरुषोत्तम बस्याल, दिवा लामिछाने, दयाराम खनाल, जीबनाथ सिंखडा, संगीता आचार्य शर्मा, मायाँ नेपाली, माया सुनार, गीता कार्की, बिष्णु शर्मा, टंक पराजुली, कृष्ण आचार्य, तुलसीराम पौडेल, प्रेम प्रकाश शर्मा, पसुपति महतो चयन भएका छन् ।

वडा कमिटीको सल्लाहकार परिषदमा एक बहादुर जिसी, हरिप्रसाद पौडेल, लाल बहादुर जिसी, निलकण्ठ आचार्य, केशब लामिछाने, बिष्णु गौतम, कमल बहादुर घिमिरे, प्रेम नेपाली, मीना श्रेष्ठ, देबप्रसाद पौडेल, चूडामणि पौडेल, मणिराज घिमिरे चयन भएको नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ०८:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology