Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेयर कप फुटबलको मुख्य प्रायोजकका लागि सेन्ट्रल कलेजसँग सम्झौता

मेयर कप फुटबलको मुख्य प्रायोजकका लागि सेन्ट्रल कलेजसँग सम्झौता

images

इच्छाकामना न्युज

२२, चैत्र २०८०
मेयर कप फुटबलको मुख्य प्रायोजकका लागि सेन्ट्रल कलेजसँग सम्झौता
images

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँँग सम्झौता भएको छ । प्रतियोगिताका लागि भरतपुर महानगर र सेन्ट्रल कलेजबीच आज (बिहीबार) सम्झौता भएको हो ।

सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर गरे । महानगर र सेन्ट्रल कलेजबीच ११ लाख २८ हजार २०० रुपैयाँको सम्झौता भएको छ । सम्झौता अनुसार सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । सेन्ट्रल कलेजले   प्रतियोगिताका लागि सम्झौता रकम बराबरको खेल सामाग्री सहयोग गर्नेछ ।

सम्झौतापछि महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हबको रुपमा बिकास गरिने बताईन् । मेयर कप क्रिकेटपछि फुटबल आयोजना गरिएको भन्दै दाहालले आगामी वर्ष अन्य खेललाई पनि समेट्दै खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासको योजना बनाएर अघि बढ्ने बताईन् । मेयर दाहालले सेन्ट्रल कलेजलाई सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।  

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेलले ग्रासरुटबाटै फुटबलको बिकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता विद्यालयस्तरदेखि नै खेल र खेलाडीको बिकासका लागि महत्वपूर्ण हुने भएकोले महानगरसँग सहकार्य गरिएको बताए । उनले खेल क्षेत्रको बिकासका लागि सहकार्य गर्न सेन्ट्रल कलेज सधैं तयार रहने बताए ।    

चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको प्रतियोगिता बैशाख तेस्रो साताबाट सुरु हुनेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका ४८ विद्यालय सहभागी हुनेछन् । ४८ विद्यालयबाट सामुदायिक र संस्थागत १२-१२ गरि २४ टोली प्रतियोगिताका लागि छनौट गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

उक्त २४ टोलीबीच लिग हुनेछ । ग्रासरुट फुटबलका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने कार्कीको भनाइ छ । संघले यसलाई महत्वपूर्ण कार्यकमको रुपमा लिएको उनले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । 

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - २०:४४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology