Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

केपी ओलीको विरुद्धमा समाचार लेख्ने पत्रकारलाई नारायणहिटी अगाडि निषेध

केपी ओलीको विरुद्धमा समाचार लेख्ने पत्रकारलाई नारायणहिटी अगाडि निषेध

images

इच्छाकामना न्युज

२३, माघ २०७७
केपी ओलीको विरुद्धमा समाचार लेख्ने पत्रकारलाई नारायणहिटी अगाडि निषेध
images

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । उनीहरुलाई ओलीको विरोधमा समाचार लेखिएको भन्दै प्रवेश नदिइएको हो । 

जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँपत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्द समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै पनि नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको महासंघले जनाएको छ । 

‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले एक विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’

महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - २०:०९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology