Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो, भोली पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने

जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो, भोली पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने

इच्छाकामना न्युज

१८, चैत्र २०८०
जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो, भोली पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने
images

नारायणगढ । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए।

दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए। महोत्सवमा सांगीतिक प्रस्तुति दिनका लागि अबको केहीबेरमा सुगमसंगीतका ख्यातीप्राप्त गायक शिव परियार मञ्च उक्लिँदै छन्। यस्तै भोलिको लागि भने लोक तथा दोहोरी गीतमा चर्चा कमाएका गायक गायिका पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।

साथै हरेक दिन चितवनका स्थानीय कलाकार, आदिवासी जनजाति समुदायका साँस्कृतिक प्रस्तुति तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, चितवनका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन्। साँस्कृतिक कार्यक्रम संयोजक रानामगरका अनुसार विभिन्न ब्याण्ड तथा कोहिनुर डान्स ग्रुपको प्रस्तुतिसमेत नियमित हुँदै आएको छ।

महोत्सवलाई विशेष बनाउनको लागि यसअघि राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन्। प्रीति आले, रमेशराज भट्टराई, ज्योति मगर, श्याम रानामगर, एलिना चौहान, कमल खत्री, सम्झना लामिछानेमगर, रामजी खाँण ठकुरी, शिव परियार, अस्मिता डल्लाकोटी, अन्नु चौधरीलगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।

थप भएको समयअनुसार चैत १९ गते सोमबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको प्रस्तुति रहने आयोजकले जनाएको छ। चितवनको मागअनुसारका कलाकारहरूलाई निम्त्याएर मनोरञ्जन प्रदान गर्दै आएको आयोजकले जनाएको छ। 

images
images

images
प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - २१:५५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology