Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिज चितवनद्वारा ‘फोनिज बुलेटिन’ प्रकाशन

फोनिज चितवनद्वारा ‘फोनिज बुलेटिन’ प्रकाशन

इच्छाकामना न्युज

१८, चैत्र २०८०
फोनिज चितवनद्वारा ‘फोनिज बुलेटिन’ प्रकाशन
images

नारायणगढ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले ‘फोनिज बुलेटिन’को नयाँ अङ्क प्रकाशन गरेको छ। शनिबार नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको मञ्चबाट उक्त बुलेटिन सार्वजनिक गरिएको हो।

संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका संघीय अध्यक्ष गोविन्दराम चेपाङसहित कलाकारहरू प्रीति आले र रमेशराज भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष महेन्द्र दुरालगायतका व्यक्तित्वहरूको उपस्थितिमा बुलेटिन सार्वजनिक गरिएको हो।

हरेक वर्ष नियमित गराउने गरी बुलेटिन प्रकाशन गरिएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए। यसअघि सन्दीपकुमार श्रेष्ठ अध्यक्ष हुँदा फोनिज चितवनले स्मारिका प्रकाशन गरेको थियो। त्यसकै निरन्तरतास्वरूप रमेश रानामगर अध्यक्ष भएपछि दोस्रोपटक बुलेटिन प्रकाशन गरिएको हो।  

images
images

images
प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - २१:५३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology