Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनमा भोलि अस्कर कलेजको ‘सिनेमा साक्षरता अभियान’ हुँदै  

चितवनमा भोलि अस्कर कलेजको ‘सिनेमा साक्षरता अभियान’ हुँदै  

images

इच्छाकामना न्युज

१८, चैत्र २०८०
चितवनमा भोलि अस्कर कलेजको ‘सिनेमा साक्षरता अभियान’ हुँदै  
images

चितवन । अस्कर इन्टरनेसनल कलेजले चितवनमा सोमबार ‘सिनेमा साक्षारता अभियान’ सञ्चालन गर्ने भएको छ । देशभरनै ‘सिनेमा साक्षारता अभियान’ सञ्चालन गरिरहेको अस्करले चितवनमा सोमबार उक्त कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी बहुमुखी कलेजमा गरिने अस्करका प्राध्यापक रामराजा दाहालले जानकारी दिनुभयो । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र सिनेमाप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दाहालको भनाइ छ ।

कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिईनेछ । कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रूपान्तरण गर्ने कुरा पनि सिकाइनेछ ।    

कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रूपान्तरण गर्ने भनेर त्यहीं प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए । सिनेमाका गतिविधि काठमाडौं केन्द्रित भएकोले मफोसल केन्द्रित कार्यक्रम यो अभियान सञ्चालन गरिएको प्राध्यापक दाहालको भनाइ छ ।  

images
प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - २१:५१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology