Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशको मन्त्रिपरिषदमा हाम्रो नेपाली पार्टीको सहभागीता, एक जना मन्त्री थप

बागमती प्रदेशको मन्त्रिपरिषदमा हाम्रो नेपाली पार्टीको सहभागीता, एक जना मन्त्री थप

images

इच्छाकामना न्युज

१६, चैत्र २०८०
बागमती प्रदेशको मन्त्रिपरिषदमा हाम्रो नेपाली पार्टीको सहभागीता, एक जना मन्त्री थप
images

मकवानपुर । बागमती प्रदेशको मैजुदा मन्त्रिपरिषदमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक जनामन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री जम्मट्टेलले बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री बज्राचार्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

मुख्यमन्त्री जम्मट्टेलले उनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेका थिए । प्रदेश प्रमुख शर्माले उनलाई उक्त जिम्मेवारी सम्हाल्ने गरी तोकेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द्रप्रसाद पौडेलले बताए ।

बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषदमा नेपाली कांग्रेसको तर्फबाट समावेश भएका छ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिइ पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए । उनले अब केही दिनभित्रै मन्त्रिपरिषदमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई समावेश गरी बहुमतको सरकार गठन गर्ने गृहकार्य भइरहेको  बताए । मुख्यमन्त्री जम्मट्टेलले चैत २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - ०७:५३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology