Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको रामनगरमा रोकिराखेको बसमा माइक्रो ठोक्कियो, ८ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको रामनगरमा रोकिराखेको बसमा माइक्रो ठोक्कियो, ८ जना घाइते

images

इच्छाकामना न्युज

१५, चैत्र २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको रामनगरमा रोकिराखेको बसमा माइक्रो ठोक्कियो, ८ जना घाइते
images

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बसमा माइक्रो बस ठोक्किएको छ ।

बसमा ठोक्किएर नजिकैको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर दिँदा माइक्रोमा सवार ८ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ५ बजेको समयमा झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको यात्रु बसको रामनगरमा चेकिङ हुँदै थियो । चेकिङका क्रममा राेकिएको उक्त बस पछाडि काठमाडौँ जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस अनियन्त्रित भई ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

घाइते भएका माइक्रोमा सवार यात्रुहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । उनका अनुसार माइक्रो र माइक्रो चालक प्रहरीको नियन्त्रणमा छन् ।

घाइते हुनेहरुमा भरतपुर–११ बस्ने बर्ष ४४ की मिना सापकोटा (टाउकोमा गम्भिर चोट), भरतपुर–५ बस्ने बर्ष ४० को केशर साह (टाउकोमा गम्भिर चोट), भरतपुर–२१ बस्ने बर्ष ४४ को मेकना तामाङ (सामान्य), भरतपुर–१४ बस्ने बर्ष ५३ को हरिराम ढकाल (सामान्य), ५१ वर्षीय धनुमाँया ढकाल (टाउकोमा गम्भिर चोट), भरतपुर–२ बस्ने बर्ष ३० को काशी उपरकोटी (टाउकोमा गम्भिर चोट), भरतपुर–२० बस्ने बर्ष ४७ को तुल बहादुर घले (सामान्य) र गोर्खा सिरान्चोक गाउँपालिका–१ बस्ने बर्ष २६ की प्रिती रम्तेल (मध्यम घाइते) रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - ०८:१८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology