Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पँधेरोमा नुहाउन गएकी युवतीको घाँटी रेटेर विभत्स हत्या, प्रहरीे कुकुरसहित घटनास्थलमा !

पँधेरोमा नुहाउन गएकी युवतीको घाँटी रेटेर विभत्स हत्या, प्रहरीे कुकुरसहित घटनास्थलमा !

images

इच्छाकामना न्युज

१४, चैत्र २०८०
पँधेरोमा नुहाउन गएकी युवतीको घाँटी रेटेर विभत्स हत्या, प्रहरीे कुकुरसहित घटनास्थलमा !
images

पाल्पा । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव भेटिएको हो । 

मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो । मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी रहेको र उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् ।

‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’, वडाध्यक्ष पोखरेलले सुनाए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकाले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताएका छन् ।

 प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको विभत्स हत्याको तत्काल छानविन गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - ०८:४३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology