Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कास्कीमा भिरबाट लडेर गोरखा शहिद लखनका याम थापाको मृत्यु

कास्कीमा भिरबाट लडेर गोरखा शहिद लखनका याम थापाको मृत्यु

इच्छाकामना न्युज

१०, चैत्र २०८०
कास्कीमा भिरबाट लडेर गोरखा शहिद लखनका याम थापाको मृत्यु
images

गोरखा, १० चैत । गोरखाका एक पुरुषको भिरबाट लडेर ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका १, स्थित ज्यामिरे भिरबाट लडेर गोरखाको शहीद लखन गाउँपालिका– २ घर भएका ५० वर्षीय यामबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
images

करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने थापा काम गर्दै गर्दा बिहीबार अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जनाएको छ ।

थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । मृतकको खी शव अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - ११:२३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology