Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुर च्याम्पियनसिपको उपाधि कब्जा गर्ने दाउमा आँबुखैरेनी गाउँपालिका र २८ बिगा

भरतपुर च्याम्पियनसिपको उपाधि कब्जा गर्ने दाउमा आँबुखैरेनी गाउँपालिका र २८ बिगा

images

इच्छाकामना न्युज

९, चैत्र २०८०
भरतपुर च्याम्पियनसिपको उपाधि कब्जा गर्ने दाउमा आँबुखैरेनी गाउँपालिका र २८ बिगा
images

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनल शनिबार हुँदैछ । शनिबार उपाधिका लागि सेन्ट्रल कलेज २८ बिगा र आँबुखैरेनी गाउँपालिका भिड्दैछन् । 

फाइनल अघि शुक्रबार आयोजित प्री म्याच कन्फ्रेसमा दुबै टिमका म्यानेजरले आफूहरु उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । २८ बिगाका म्यानेजर महेश अधिकारीले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए । 

उनले अघिल्ला खेलहरुका गल्ती सुधारेर उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । ूहामी फाइनलका लागि तयार छौं । पहिलो भरतपुर च्याम्पियनसिपको उपाधि जित्ने हाम्रो लक्ष्य छु, उनले भने । 

आँबुखैरेनीका म्यानेजर इबस ढकालले विपक्षीलाई कमजोर आँँक्ने गल्ती नगर्ने बताए । तर आफ्नो टिम उपाधि दाबेदार रहेको उनको भनाइ थियो । 'हामी विपक्षीलाई कमजोर रुपमा लिनेछैनौं तर हामी उपाधि दाबेबार हौं', उनले भने ।  

२८ बिगा सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । उता आँबुखैरेनीले गैंडाकोटविरुद्ध ३-० ले पराजित गर्दै २८ बिगासँँगको उपाधि भिडन्त पक्का गरेको हो । 

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - २२:०५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology