Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ

इच्छाकामना न्युज

८, चैत्र २०८०
प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ
images

नारायणगढ । नारायणी नदी किनारमा आदिवासी जनजातिको गाउँ तयार भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को आकर्षणका लागि उक्त गाउँ निर्माण गरिएको हो। नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो।

नेफिन चितवनले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमार्फत आदिवासी जनजाति समुदायको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले बताए। जसरी भए पनि यो महोत्सवलाई सफल पार्न चितवनका आदिवासी जनजाति समुदाय डटेर लागी परेको उनले बताए।

images
images

WhatsApp Image 2024-03-21 at 8.40.48 AM (1).jpeg

नदी किनारमा बनाइएको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन्। चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय संगठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

‘यसपटक पहिलो प्रयास हो। आगामी दिनमा यो सङ्ख्या बढ्ने निश्चित छ,’ उनले भने। महोत्सव सुरू नहुँदै आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बनेको छ। आदिवासी जनजाति समुदायको परम्परागत घर निर्माण गरेपछि नारायणी नदी किनार पुग्ने सबैलाई आकर्षित गरेको छ।

साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय भुजेलका अनुसार सबै जातजातिले घर निर्माणको काम सकिसकेका छन्। ‘घर निर्माणको काम सकिएको छ,’ उनले भने, ‘एकै ठाउँमा सबै जातिको घर बन्दा संयुक्त गाउँ नै बनेको छ।’ सबै जातिले खर र बाँसको प्रयोगबाट घर बनाएका छन्। दुरा जातिले भने अरूको भन्दा भिन्न घर बनाएको छ। उनीहरूले लोप भइसकेको घुमाउने घर बनाएर सबैको ध्यान खिचेका छन्।

WhatsApp Image 2024-03-21 at 8.40.48 AM.jpeg

मौलिक तथा परम्परागत घरले आदिवासी सबैको ध्यान खिचेको थारू कल्याणकारिणी सभा चितवनका उपसभापति पूर्ण चौधरीले जानकारी दिए। ‘हाम्रै समुदायमा पनि नयाँ पुस्ता यस्ता इतिहासबाट पर पुगिसकेका छौँ,’ उनले भने, ‘गैरजनजाति समुदायको लागि त नौलो हुने नै भइहाल्यो।’

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामान समेत राखिएको छ। यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ। नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व चैत ९ गते बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्‍याली निकालिने मूल आयोजक समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए। त्यसका लागि जिल्लामा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई पत्राचार गरिसकेको उनले बताए। 

images
प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ११:१५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology