Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा 

“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा 

images

इच्छाकामना न्युज

४, चैत्र २०८०
“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा 
images

चितवन । चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ । 

भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम् कार्यक्रम संयोजक सन्तुकुमार दरैले जानकारी दिनुभयो । 

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्वद्धकमा प्रतियोगिता भरतपुरमा चैत १० गते बिहान ८ वजे भरतपुरको पुन्यवती ताल गणेशधाममा हुनेछ । भने गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्र प्रतियोगिता हुनेछ । 

प्रतियोगिताको पूर्व सन्ध्यामा यहि चैत ९ गते विहान ७ बजे प्रतियोगिताको पहिलो दिन बृहत् साईकल र्याली  र दोश्रो दिन तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८० सुरु हुने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १ सय जना बढी खेलाडीहरुको सहभागीता हुने अपेक्षा आयोजकको छ । 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडको सहयोग तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोग रहेको छ । 

साईक्लिङ प्रतियोगितामा ४ किलोमिटरसम्मको रेस र्कोषमा डेढ घण्टा रेस हुने आयोजकले जनाएको छ । जसमा प्रतियोगिले ७ देखि ८ पटकसम्म परिक्रममा गर्नेछन् । प्रतियोगितामा पुरुष एलाईट, महिला एलाईट, मेन मास्टर, जुनियर मेन र महिला पुरुष चितवन विशेष विधा रहेका छन् ।

प्रतियोगितामा पुरुष एलाईट तथा महिला एलाईटतर्फको विधामा  १७ बर्ष भन्दा माथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन् । मेन मास्टर विधामा ४० बर्ष भन्दा माथीका  जुनियर मेन विधामा १७ र १८ बर्षमा र महिला पुरुष चितवन विशेष विधा रहेको कार्यक्रम संयोजक सन्तुकुमार दरैले बताउनुभयो । 

प्रतियोगितामा पुरुष र महिला एलाईटमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । भने मेन मास्टरमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, जुनियर मेनमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र र महिला पुरुष चितवन विशेष विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र  पाउने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

बृहत् साईक्ल र्याली नारायणी नदी किनारबाट सुरु भई आँटारी, केन्द्रिय बसपार्क, हाकिमचोक, चौविसकोठी, सहिदचोक, पुलचोक हुदै पुन नारायणी नदी किनारमा पुगेर सकिने सहसंयोजक श्रेष्ठले बताउनुभयो । 

क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साईक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेको प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले बताउनुभयो ।

हरेक बर्ष साईक्लिङ खेलालाई प्रर्वद्धन हुने लक्ष्यका साथ प्रज्ञा स्मृतिले साईक्लिङ विधामा  विभिन्न प्रतियोगिता गराउदै आएको छ । गत बर्ष मात्रै यहाँ प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन सम्पन्न गरिसकेको थियो ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - २२:०४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology