Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योगको अध्यक्षमा पुनः तारा बहादुर कार्की

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योगको अध्यक्षमा पुनः तारा बहादुर कार्की

images

इच्छाकामना न्युज

४, चैत्र २०८०
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योगको अध्यक्षमा पुनः तारा बहादुर कार्की
images

भरतपुर । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको  पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । 

चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधिहरुको प्रस्तुति गर्नुभएको थियो । 

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, ग्रिल व्यवसायी तथा स्टिल महासंघका उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक प्रकाश पौडेल, भरतपुर महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष कमल बहादुर मल्ल, ग्रिल व्यवसायी तथा स्टिल महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्मा, ग्रिल तथा स्टिल व्यवसायी मकवापुरका अध्यक्ष केशव प्रसाई, पोखरा स्टिल फेब्रिकेशन एशोसिएनका अध्यक्ष वासुदेव पौडेल, रुपन्देही मल्टि इण्डष्ट्रिज प्रा.लि.का मार्केटिङ प्रमुख दिपक चापागाईं लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठ, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, विभिन्न संघ–संस्थाका प्रतिनिधि, मेटल उद्यमीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा समितिको विमा योजनामा सबैभन्दा धेरै विमा गराएका व्यस्त मेटल, त्रिदेव इन्जिनियरिङ्ग वर्कशप, भोलेबाबा कृषि औजार, नेपाल मेटेरियल ह्याण्डलिङ्ग ई.र डि.एस.बि.ग्रिल, लक्ष्मी ई.कार्यशालालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अन्तर्गत अध्यक्षले आफ्नो कार्यकालमा समितिका हरेक गतिविधिमा सहयोग पु¥याएको भन्दै समितिका उपाध्यक्ष दुर्गालाल सापकोटालाई अध्यक्ष अवार्ड समेत प्रदान गर्नुभएको थियो । 

चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले वर्तमान कार्यसमितिलाई धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो । 

प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन अधिकृतहरु राजु भट्ट र यमकुमारी आचार्य सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचत कार्यसमितिको नामावली घोषणा गरेको थियो । 

निर्वाचित कार्यसमितिको अध्यक्षमा पुनः तारा बहादुर कार्कीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा कृष्णप्रसाद भण्डारी, मोहललाल श्रेष्ठ, राजु पुडासैनी, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, विरेन्द्र बहादुर दवाडी, कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, रामहरि कँडेल, विवेक देवकोटा, कान्ति अधिकारी, बलराम पुरी, राजन पौडेल, सूर्यराज गिरी, निर्मल बराली र बिष्णु प्रसाद पौडेल रहनुभएको छ । 

नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो । 

 

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - २२:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology