Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एपिएफविरुद्ध गोलको वर्षा गर्दै गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

एपिएफविरुद्ध गोलको वर्षा गर्दै गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

images

इच्छाकामना न्युज

३, चैत्र २०८०
एपिएफविरुद्ध गोलको वर्षा गर्दै गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा
images
चितवन । विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ) भण्डाराविरुद्ध फराकिलो जित हात पार्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
 
आज (शनिबार) सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफविरुद्ध गोलको वर्षा गर्‍यो । एकतर्फी खेलमा गैंडाकोट ० का विरुद्ध ७ गोलले विजयी भयो । एपिएफका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले एक-एक गोल गरे । 
 
खेलको पहिलो मिनेटमा नै एपिएफका गोलकिपर विशाल गुरुङको गल्तीमा ग्लोरीले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । लगत्तै पाचौं मिनेटमा ग्लोरीकै गोलमा गैंडाकोटले अग्रता दोब्बर बनायो । १७ औं मिनेटमा ग्लोरीले ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । पहिलो हाफको अतिरिक्त समयमा राजेशले गोल गरेपछि गैंडाकोटले ४-० को अग्रता लियो । 
 
दोस्रो हाफमा गैंडाकोटले तीन गोल थप्यो । दोस्रो हाफको आठौं मिनेटमा दीपेशले गैंडाकोटका लागि पाचौं गोल गरे । १९ औं मिनेटमा विवशले छैटौं गोल गरे । अतिरिक्त समयमा एन्जलले गोल गरेपछि गैंडाकोट ७-० ले विजयी भयो । ह्याट्रिक गरेका गैंडाकोटका ग्लोरी म्यान अफ दि म्याच भए । 
 
यससँँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । चैत ६ गते मंगलबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा ६ गते मंगलबार सेन्ट्रल कलेज २८ बिगाले घैरुङ एफसीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा चैत ७ गते बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट भिड्नेछन् । 
 
 
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - २२:२८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology