Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

३, चैत्र २०८०
बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने
images

काठमाण्डौ । नेपालको बहुचर्चित र विशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमे बाजाको संरक्षण तथा प्रबर्द्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्न हेतु ‘बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियागिता ११४४’ को आयोजना हुने भएको छ । 

शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना चैत्र २४ गते धिमे बाजा प्रतियोगिता सञ्चालन गराउन लागिएको मानन्धर संघले जनाएको छ । 

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले आर्थिक लागत साझेदारी गर्ने र प्रतियोगिता भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा हुने बताइएको छ । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।

प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद १० हजार रुपैयाँबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गर्ने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दएको छ । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्यांकन गरि उत्कृष्ट पुरस्कारको ब्यवस्था गर्नुका साथै प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रवार सम्म तोकिएको छ । प्रतियोगितामा सहभागी हुन काठमाडौंका लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान, थिमिको लागि टिभी प्वाईट शंखधर चोक र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपामा सम्पर्क राखी सहभागी हुन चाहनेले सम्पर्क गर्न सक्नेछन् ।  

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ११:३२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology