Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

इच्छाकामना न्युज

१, चैत्र २०८०
रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
images

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यववस्था गरेको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।

images
images

प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताए । कम उमेरमा विवाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ।

image-37.png

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ०८:१६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology