Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिप : सुनिलको उत्कृष्ट प्रदर्शनमा रामपुरको जित 

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिप : सुनिलको उत्कृष्ट प्रदर्शनमा रामपुरको जित 

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८०
सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिप : सुनिलको उत्कृष्ट प्रदर्शनमा रामपुरको जित 
images

चितवन। गोलरक्षक सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ । 

आज (आइतबार) सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्‍यो । 

त्यसअघि निर्धारित समय १(१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा अनिल राना मगरको गोलमा रामपुरले अग्रता लिएको थियो । पहिलो हाफको २४ औं मिनेटमा एभरेष्टका गोलरक्षक उमेश कार्की अघि बढेको मौकामा अनिलले बललाई जाली चुमाए । 

पहिलो हाफमै एभरेष्टले बराबरी गोल फर्कायो । पहिलो हाफको अतिरिक१समयमा उत्कृष्ट फ्री किक गोल गर्दै कप्तान रोशन क्षेत्रीले एभरेष्टलाई खेलमा फर्काए । दोस्रो हाफमा एभरेष्टले केही अवसर पाए पनि रामपुरका गोलरक्षक बाधक बने । 

निर्धारित समयमा १(१ को बराबरीपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि ४(४ को बराबरीपछि सडन डेथमा रामपुरले बाजि मार्‍यो । रामपुरका गोलरक्षक सुनिल म्यान अफ दि म्याच भए । उनलाई प्रमुख अतिथि सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराई र मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेलले ट्रफी प्रदान गरे । 

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ । सोमबार हुने खेलमा कैलाश युथ क्लब र एपिएफ भण्डारा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - २२:४२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology