Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

महिलाहरुलाई आत्मनिर्भर बन्न तालिमहरु आवश्यक : महानगर उपप्रमुख चित्रसेन अधिकारी 

महिलाहरुलाई आत्मनिर्भर बन्न तालिमहरु आवश्यक : महानगर उपप्रमुख चित्रसेन अधिकारी 

इच्छाकामना न्युज

२७, फाल्गुण २०८०
महिलाहरुलाई आत्मनिर्भर बन्न तालिमहरु आवश्यक : महानगर उपप्रमुख चित्रसेन अधिकारी 

भरतपुर । यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुरमा महिला उद्यमी संघ नेपाल चितवनको आयोजना  र वुमन इन रोटरीको  सहकार्यमा ३ महिने फेसन डिजाइनिङ सम्बन्धी तालिमको आज आईतबार  समुद्धघाटन गरिएको छ । भरतपुर १० मा रहेको बेनुज फेसन टेक्नोलोजी  परिसरमा भएको सो तालिमको  भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले  उद्धघाटन गर्नुभएको हो । 

images

तालिमको उद्धघाटन गर्दै उहाँले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनु भयो । उहाँले महानगरले पनि आर्थिक शशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने गरेको भन्नुहुदै स्वरोजगार बन्नेतर्फ सबै लाग्नुपर्ने भनाई राख्नुभयो । संघका अध्यक्ष एवं वुमन  इन रोटरी चितवनको प्रतिनिधी श्वेता उपाध्यायको अध्यक्षतामा भएको थियो ।  सो क्रममा अध्यक्ष उपाध्यायले दिदीवहिनीहरुलाई आत्मनिर्भर भएर आफ्नो जिविका आफै चलाउन सकुन भन्ने  उदेश्यका साथ संघले विभिन्न महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्दे आएको बताउनु भयो ।  

कार्यक्रममा महिला उद्यमी संघ नेपालका केन्द्रिय सदस्य अर्पणा प्रधान भन्डारीले चितवन  ८ वर्ष अघि संघको शाखा स्थापना गरिएको जानकारी गराउदै स्थापना काल देखि नै  महिला उद्यमी संघले धेरै प्रभावकारी कार्यक्रम गर्दे आएको जानकारी गराउनु भयो । उहाँले पैसाको अभावका कारण अवसर नपाएका उद्योगी बन्न चाहने महिला विभिन्न तालिम लगायतका आवश्यक सहयोग संघले गर्ने गरेको बताउनुभयो । 

कार्यक्रममा नै उपस्थित सिदार्थ बैंक देवघाटका शाखा प्रमुख सावित्री खरेलले सिद्धार्थ बैकले नारीबचत खातामा नारी दिवस विशेष प्याकेज ल्याएको जानकारी गराउदै यस्ता प्याकेजबाट उद्यमी महिलाले लाभ लिन सुझाउनु भयो ।

सो कार्यक्रममा नै उपस्थित भरतपुर ११ निवासी  मिस नेपाल २०२३ प्रतियोगीताम सेमिफाईनलिष्ट टप २४ मा पर्न सफल सुधा देवकोटाले छोरीले आफनो जीवनमा केहि गर्न सक्छन् भन्ने उदारहणीय बन्न यस्ता तालिमहरु आवश्यक रहेको बताउनु भयो । 

सो तालिमको प्रशिक्षकमा  काजल चन्द्रा रहनु भएको छ । उहाँले आत्मविश्वास बढाउन आफ्नो शरिरलाई सुहाउने  चलनचल्ती अनुसारको पहिरनमा ख्याल गर्नु पर्ने भन्दै फेसन डिजाइनरको माग दिनप्रतिदिन बढिरहेको बताउनु भयो । कार्यक्रममा सघका सचिव तारा रसाईलीले सहजीकरण गर्नुभएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - २२:३८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology