Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उमेर पुगेर विवाह गर्ने जोडी सम्मानित, अध्यक्षले दिए ४१२५ रूपैयाँ गाडी भाडा

उमेर पुगेर विवाह गर्ने जोडी सम्मानित, अध्यक्षले दिए ४१२५ रूपैयाँ गाडी भाडा

इच्छाकामना न्युज

२७, फाल्गुण २०८०
उमेर पुगेर विवाह गर्ने जोडी सम्मानित, अध्यक्षले दिए ४१२५ रूपैयाँ गाडी भाडा
images

डोटी । डोटीको जोरायल गाउँपालिका ६ नम्बर वडाले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ।

images
images

वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका ३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको सम्बन्धित वडाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिए।

बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो।

'नवविवाहित दम्पतीको हामी माइती परेकाले गाडी भाडास्वरूप ४ हजार १ सय २५ पनि दियौँ', उनले भने।

यसरी सम्मानित गर्नुको कारण भने बालविवाहलाई न्यूनीकरण गर्नु भएको वडा कार्यालयले जनाएको छ। दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको हो।

वडाध्यक्ष बोहराले भने, 'यो कार्यक्रम सुरू भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौँ।'

वडाको यस अभियानलाई सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन्। छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताए।

 

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०८:२०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology