Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा घुम्ति शिविर दोश्रो दिन स्वास्थ्य सेवाबाट ३५४ जना लाभान्वित 

तनहुँको म्याग्देमा घुम्ति शिविर दोश्रो दिन स्वास्थ्य सेवाबाट ३५४ जना लाभान्वित 

इच्छाकामना न्युज

२३, फाल्गुण २०८०
तनहुँको म्याग्देमा घुम्ति शिविर दोश्रो दिन स्वास्थ्य सेवाबाट ३५४ जना लाभान्वित 
images

तनहुँ । म्याग्दे गाँउपालिकाद्वारा संचालित घुम्ति शिविरको दोश्रो दिन स्वास्थ्य सेवावाट ३५४ जना लाभान्वित छन् । स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार ः कृषि, पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएको म्याग्दे गाँउपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको घुम्ति शिविरमा ३५४ जनालाई स्वास्थ्य सेवा दिईएको हो । जसमा १५८ जना पुरुष र १९६ जना महिला रहेका छन् । 

images
images

स्वास्थ्य सेवा अन्तरगत समान्य स्वास्थ्य सेवा ३२२ जनाले सेवा दिएका छन् भने सुगर परिक्षण १८१ जनाको गरिएको छ । यसैगरि ईम्पलाण्ट सेवा ३ जना, टिभि स्क्रिनिङ्क सेवा ३२ जनाले लिएका छन् ।  यसैगरि आयुर्वेद्ध तर्फ १०३ जनाले सेवा लिएको सेवाका प्रमुख डा, विनय तिलकराज घिमिरेले वताए । 

429559645_1415657765717545_7297349861088827346_n.jpg

वडाको टोल स्तरमा संचालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा,२७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन हुनेछ । शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने पालिकाले जनाएको छ । 

पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन हुने शिविर चैत्र ८ गते सम्म चल्नेछ । 

426724393_2825631290909606_9178011915445942910_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २२:२७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology