Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मकवानपुरमा गुडिरहेको खाली ट्रकमा आगलागी हुँदा जलेर नष्ट

मकवानपुरमा गुडिरहेको खाली ट्रकमा आगलागी हुँदा जलेर नष्ट

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०८०
मकवानपुरमा गुडिरहेको खाली ट्रकमा आगलागी हुँदा जलेर नष्ट
images

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

बुधबार साँझ मनहरी-९ चौधमाइलमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ६१८ नम्बरको खाली ट्रकमा तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट मानवीय क्षति नभएको तर ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगो करिब १ घण्टामा प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २२:१४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology