Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

किड्स वल्र्ड मन्टेश्वरी भरतपुरमा अन्तराष्ट्रिय नारी दिवश सम्बन्धि अन्तरक्रिया कार्यक्रम

किड्स वल्र्ड मन्टेश्वरी भरतपुरमा अन्तराष्ट्रिय नारी दिवश सम्बन्धि अन्तरक्रिया कार्यक्रम

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०८०
किड्स वल्र्ड मन्टेश्वरी भरतपुरमा अन्तराष्ट्रिय नारी दिवश सम्बन्धि अन्तरक्रिया कार्यक्रम
images

चितवन  ।  किड्स वल्र्ड मन्टेश्वरी भरतपुरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवशको पूर्व सन्ध्यामा  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको आफ्नै मन्टेश्वरी परिषरमा  “नारी पुरुष सरोबरी,संधै भरि बरोबरी” नारा सहित १ दिने नारी दिवश कार्यक्रम सम्पन्न भएको हो । 

मन्टेश्वरीले आयोजना गरेको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी मीना खरेल, शिक्षाकर्मी इन्दिरा कार्की,मनोपरामर्शदाता पारु पाण्डे लगायतको उपस्थिति रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले दिवश नारा र महिला हक,अधिकारको कुरामा मात्रै जोड्बल नगरी सुखी परिवार, समतामुलक समाज, सबल राष्ट्र निर्माण गर्न महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएर अगाडि बढ्नु पर्ने भनाइ राख्नुभएको थियो ।
 
कार्यक्रममा विद्यालयमा अध्ययनरत बालाबालिकाहरुको ७० जना भन्दा बढी महिला अभिभावकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा  अभिभावक बीच महिला जागरण र सचेतना सहितको विविध कार्यक्रम गरिएको मन्टेश्वरीकी प्राचार्य निरु खतिवडाले जानकारी दिनुभयो । 

किड्स वल्ड मन्टेश्वरी भरतपुर महानगरपालिका वडा नं। १२ मुनालचोकमा विगत ७ वर्षदेखि नियमित संचालनमा आइरहेको शैक्षिक संस्था हो । यस मन्टेश्वरीमा बालबालिकामैत्री पठनपाठनमा विशेष ध्यान दिइने हुँदा अभिभावकहरुको रोजाईको शैक्षिक संस्थामा पर्दछ  । 

अन्तराष्ट्रिय नारी दिवश यही ९मार्च ८० अर्थात् फाल्गुन २५ गते शुक्रवार विश्वभरि मनाइंदै छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - २३:०८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology