Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विवाह गर्न नमान्दा प्रेमीले गरे बालिकाको हत्या

विवाह गर्न नमान्दा प्रेमीले गरे बालिकाको हत्या

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०८०
विवाह गर्न नमान्दा प्रेमीले गरे बालिकाको हत्या
images

मोरङ । मोरङको पथरीशनिश्चरेमा सोमबार राति शौचालय जान निस्किएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।

खोटाङको ऐंसलुखर्क गाउँपालिका–६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

बालिकाको हत्या गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरिएको बताउँदै, एसपी कार्कीले भने, ‘प्रेमी चौधरीले आफूभन्दा २३ वर्ष कम उमेरका प्रेमिका राईको हत्या गरेको खुलेको छ। उनीहरूबिच केही समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो। सम्बन्धमा समस्या आएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’

चौधरीका २ वटी आमा छन्। बुवाले कान्छी आमा ल्याएर ग्रामथानमा बस्न थालेपछि आफ्नी आमासँग सिमरा बस्दै आएका थिए। सिमरामा पनि चौधरीको घर छ। ३ र ४ महिनादेखि चौधरी ग्रामथान आएका थिएनन्। चौधरी मंगलबार बिहान २ बजेतिर बेलबारीस्थित भाउन्नेको जङ्गलबाट पक्राउ परेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - २२:४८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology