Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सत्तागठबन्धन परिवर्तन पछि देउवाले भने ‘प्रचण्डले कुनै पनि दिन धोका दिन्थे’

सत्तागठबन्धन परिवर्तन पछि देउवाले भने ‘प्रचण्डले कुनै पनि दिन धोका दिन्थे’

इच्छाकामना न्युज

२१, फाल्गुण २०८०
सत्तागठबन्धन परिवर्तन पछि देउवाले भने ‘प्रचण्डले कुनै पनि दिन धोका दिन्थे’
images

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेबाज भएको निष्कर्ष पदाधिकारी बैठकमा सुनाएका छन् । प्रधानमन्त्रीलाई काम गर्न अनुकूल पार्न आफूले हर प्रयत्न गरे पनि उनले भने धोका दिएर गठबन्धन तोडेको देउवाको भनाइ थियो ।

images
images

पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रचण्डले धोका दिन्छन् भनेर आफू सतर्क रहे पनि उनले आफ्नो अश्लियत नत्यागेको बताएका थिए । एक पदाधिकारीका अनुसार देउवाले बैठकमा यस्तो ब्रिफिङ गरेका थिए ।

“मैले गठबन्धनमा आशंका नबढोस् भनेर केपी ओलीको फोन आउँदा समेत टार्ने काम गरे,” देउवाले बैठकमा भनेका थिए, “तर, उनले धोका दिएर गठबन्धन तोडे । गठबन्धन तोड्नु कांग्रेसलाई मात्र होइन जनतालाई समेत धोका दिएको हो ।”

प्रचण्डले अर्थमन्त्री फेर्न प्रस्ताव गरेपछि देउवाले अर्थमन्त्रीमार्फत के काम गर्नुपर्‍यो म सहजीकरण गर्छु भनेर समेत प्रधानमन्त्रीसँग भेटमा भनेको उल्लेख गरेका थिए । उनले कुनै मन्त्रीलाई अभियोग लाग्यो भनेर हटाउने कुरा उपयुक्त नभएको भन्दै त्यसको पुष्टि भएपछि हटाउन आफूले सल्लाह दिएको बताएका थिए । तर, प्रधानमन्त्री सरकार सञ्चालनको सहजता नभएर अर्कै कुराबाट प्रभावित भएको बताएका थिए । उनले त्यो अर्कै कुरा के थियो भन्ने प्रष्ट पारेका छैनन् ।

“उनको नियत नै ठिक थिएन र उनी गठबन्धन फेर्ने निर्णयमा पुगेका हुन्,” देउवाले बैठकमा भनेका थिए, “मन्त्री फेर्ने बहाना मात्र हो ।”

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १५:५१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology