Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा रात्रीबस र ट्याक्सी ठोक्कियो, ५ जना घाईते

मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा रात्रीबस र ट्याक्सी ठोक्कियो, ५ जना घाईते

इच्छाकामना न्युज

२०, फाल्गुण २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा रात्रीबस र ट्याक्सी ठोक्कियो, ५ जना घाईते
images

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् ।

images
images

शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी आपसमा ठोक्किएका थिए ।

घाइतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको र बस, ट्याक्सी र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । बस चालक फरार भएकोले सवारी साधनको मालिक मार्फत सम्पर्क गर्ने प्रयास भईरहेको उनले बताए ।

घाइते हुनेहरुमा झापा हल्दीबारी गाउँपालिका–१ बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद पराजुली (टाउकोमा चोट), सोहि ठाउँ बस्ने बर्ष ४२ की चन्द्रकला पराजुली (टाउकोमा चोट), स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने बर्ष ३६ को मोती प्रसाद पराजुली (टाउकोमा चोट), सोहि ठाउँ बस्ने बर्ष ५५ को बिष्णु प्रसाद शर्मा (टाउकोमा चोट) रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ०९:१९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology