Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रोटर्‍याक्ट क्लब अफ दमौलीको सचिन स्मृति दौडको उपाधि यादवलाई

रोटर्‍याक्ट क्लब अफ दमौलीको सचिन स्मृति दौडको उपाधि यादवलाई

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
रोटर्‍याक्ट क्लब अफ दमौलीको सचिन स्मृति दौडको उपाधि यादवलाई
images

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् ।

शनिबार व्यास नगरपालिका-३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका-१४ छाब्दी मन्दिरसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा उक्त दूरी २८ मिनेट २९ सेकेण्डमा पार गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय भएका छन् । त्यस्तै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भएका छन् । उनले उक्त दूरी २९ मिनेट १८ सेकेण्डमा पूरा गरेका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: रु १५ हजार, रु १२ हजार र रु ८ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए । उनीहरुले नगदसहित प्रमाणपत्र र मेडल समेत पाएका छन् ।

यस्तै महिला तर्फ चेतना कटुवाल प्रथम भएकी छिन । उनले  २ हजार नगद सहित, मेडल र प्रमाणपत्र प्राप्त गरिन । यस्तै बाल धावक तर्फ ११ वार्षिय कृतिक घर्ति र विवेक रानाभाट पुरस्कृत भएका छन् । उनीहरुले नगद एक-एक हजार र प्रमाणपत्र पाएका छन् ।

सो प्रतियोगितामा कुल ८२ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । जसमा ६६ जना पुरुष र १६ जना महिला सहभागी थिए । साथै उनीहरु मध्ये १० जना विदेशी समेत रहेको संयोजक बतासले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकुदको क्षेत्रमा युवाहरु जोडिएर कार्यक्रम गर्नु प्रसंशनीय कार्य भएको बताए ।

यस्तै समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम रहेका थिए । सो अवसरमा प्रजिअ गौतमले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए ।

क्लबका संस्थापक सह-सचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवको कार्यक्रममा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा श्रेष्ठको बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

क्लबले उनै सचिनको सम्झनामा देशव्यापी रक्तदान कार्यक्रम समेत गर्दै आएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - २२:१९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology