Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कमिसनको चक्करमा चितवनमा चिकित्सकले नै गर्छन् जथाभावी भिटामिन सिफारिस, यस्तो नगर्न भरतपुर अस्पतालको चेतावनी

कमिसनको चक्करमा चितवनमा चिकित्सकले नै गर्छन् जथाभावी भिटामिन सिफारिस, यस्तो नगर्न भरतपुर अस्पतालको चेतावनी

इच्छाकामना न्युज

१८, फाल्गुण २०८०
कमिसनको चक्करमा चितवनमा चिकित्सकले नै गर्छन् जथाभावी भिटामिन सिफारिस, यस्तो नगर्न भरतपुर अस्पतालको चेतावनी

चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ ।

images

चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।

अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी) को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।

नेपालमा अवैध रुपमा विदेशबाट आयात गरिएका भिटामिनहरु कतिपय चिकित्सकले आर्थिक प्रलोभनमा परेर बिरामीलाई लेख्दै आएका छन् ।

नेपालमा बर्सेनि यस्ता सप्लिमेन्टहरुले २२ अर्बभन्दा बढीको व्यापार गर्ने गरेको नेपाली औषधि उत्पादक कम्पनीहरुले जनाउँदै आएका छन् ।

नेपाली कम्पनीहरुलाई यस्ता वस्तुहरू उत्पादन गर्न कानुनी समस्या छ तर, भारतलगायतका देशबाट यस्ता सप्लिमेन्ट्सहरु जथाभावी भित्रिने गरेका थिए ।

गैरकानुनी रुपमा आउने यस्ता सप्लिमेन्टहरुको अनुगमन सरकारले गर्न सकेको छैन ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ०९:४३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology