Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै फोनिज चितवनले बुझायो स्मरण पत्र

पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै फोनिज चितवनले बुझायो स्मरण पत्र

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै फोनिज चितवनले बुझायो स्मरण पत्र
images

चितवन । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखालाई सातदिने अल्टिमेटम सहित स्मरणपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई स्मरण पत्र बुझाएको हो । पत्रकार महासंघको संस्थापकको विषयमा धेरे विवाद नल्याउने भन्दै यस अघिनै ज्ञापन पत्र बुझाईसकेकोले यो पटक सोही ज्ञापनपत्रलाई स्मरण गराएको हो ।

images
images

नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजहरुमा संस्थापक अध्यक्ष कृष्णवहादुर भट्टराई भएको भन्दै गलत नजिर बसाउन खोजेकाले तत्काल सच्याउन माग गरिएको छ । फोनिजका संघीय सदस्य चित्रवहादुर गुरुङले गलत दस्तावेज सच्याउन आग्रह गरे । यो विषयलाई गम्भीरताका साथ नलिए सात दिनभित्र पत्रकार महासंघको संघीय कार्यालय सहित देशैभरका शाखाहरुमा तालाबन्दी गरिने समेत स्पष्टपार्नुभयो । उहाँले थप आन्दोलनका अन्य कार्यक्रमको बारेमा समेत जानकारी दिनुभयो ।

429122076_2581296825373351_1022329784685496854_n.jpg

स्मरण पत्र बुझेलगतै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्राप्त स्मरण पत्रलाई आजै केन्द्रीय कार्यालयमा पठाइने बताउनुभयो ।

लामो समय देखि संस्थापकको विषयमा फोनिजले गम्भीर विमती राख्दै आएपनि पत्रकार महासंघले यो विषयलाई गम्भीरताका साथ लिएको छैन । तथ्यहरूले ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार सङ्घ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई सङ्गठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम आज बुझाइएको स्मरण पत्रमा भनिएको छ।

429703846_394979959895933_4351391299419865941_n.jpg

तत्कालिन बेला पत्रकारहरुलाई संगठितगर्दै नेपाल पत्रकार संघको नाममा संगठितगर्ने काम सत्यनारायणबहादुर श्रेष्ठले गर्नुभएको फोनिजजको दावी छ । विसं २००८ वैशाख ९ गते भएको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ गठन गरेको थियो ।
फाृेनिज चितवनका अध्यक्ष रमेश राना मगरको नेतृत्व, संघीय समिति सदस्य सन्तकुमार चौधरी, पूर्व संघीय सदस्य राजु चौधरी, सल्लाहाकार महेन्द्र श्रेष्ठ लगायत विभिन्न जातिय पत्रकार संगठनका प्रतिनिधिहरु पुगेर स्मरण पत्र बुझाएका हुन ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - २२:४८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology