Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनको खैरहनी देशभरमै उत्कृष्ट

वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनको खैरहनी देशभरमै उत्कृष्ट

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनको खैरहनी देशभरमै उत्कृष्ट
images

चितवन । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनकाे खैरहनी नगरपालिलका देशभरमै उत्कृष्ट भएकाे छ । गत आव २०७९/८० मा देशभरका ७५३ पालिकामध्ये ५६२ पालिकाकाे मूल्यांकन भएकामा खैरहनीले सबैभन्दा बढी अंक ल्याएर वित्तिय सुशासनमा उत्कृष्ट बनेकाे हाे ।

संघिय मामिला तथा प्रशासन मन्त्रालयले गरेको वित्तिय सुशासन जोखिम मूल्यांकनमा खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गरेकाे हाे । मूल्यांकनका विभिन्न विषयक्षेत्रका सूचकहरु पुरा गर्दै खैरहनीले उच्चतम अंक प्राप्त गरेको हो ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरिक्षण, राजश्व व्यवस्थापन जस्ता मूल्यांकनका विषयक्षेत्रमा खैरहनीले उत्कृष्ट अंक ल्याउन सफल भएको हो । १०० पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अंक ल्याएको छ ।

चितवनको ईच्छाकामना गाँउपालिकाले ८६.५ अंक, कालिका नगरपालिकाले ८५.५ अंक, रत्ननगरले ८३ अंक, माडीले ७७.५ अंक र भरतपुर महानगरपालिकाले ७६.५ अंक प्राप्त गरेको छ । चितवनको अन्य पालिका मूल्यांकनमा परेपनि राप्ती नगरपालिका भने मूल्यांकनमा पर्न सकेन । अघिल्लो बर्षसमेत खैरहनी नगरपालिका चितवनका अन्य पालिकाभन्दा उत्कृष्ट अंक ल्याउन सफल रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०८:३६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology