Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्तीमा तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमालेको माग

राप्तीमा तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमालेको माग

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
राप्तीमा तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमालेको माग
images

चितवन । राप्ती नगरपालिकामा कानुनी व्यवस्था अनुसार कुनै पनि कार्यपालिका बैठक र नगरसभा आह्वान नहुँदा सिंगो नगरपालिका बन्दक बनेको नेकपा एमाले राप्ती नगरकमिटीले बताएको छ । एमाले राप्तीले एक विज्ञप्ति जारी गरी तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न पनि माग गरेको छ ।

images
images

एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले राप्ती नगरपालिकाको नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दीको विषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पार्टीलाई अवगत गराएको एमाले राप्तीका इन्चार्ज भीमबहादुर पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिले यसअघि फागुन ३ गते सात दिने अल्टिमेटम दिएर कार्यपालिका बैठक र नगर सभा आह्वान गर्न माग गरेका थिए । हरेक महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने कानुनी व्यवस्था समेत छ ।

‘जनप्रतिनिधिहरुका लिखित अनुरोधलाई बेवास्ता गर्दै कानुनी व्यवस्था अनुरुप कुनै पनि कार्यपालिकाको बैठक र नगरसभाको आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको छ भने जनताका अनेकौं माग र मुद्दाहरुको सुनुवाई र आम जनतामा स्थानीय सरकार भएको प्रत्याभूति हुन सकेको छैन । त्यसैले जनप्रतिनिधिहरुको मागको सुनुवाई गर्दै कानुनी प्रावधान अनुसार तत्काल कार्यपालिका बैठक र नगरसभाको आहवान गर्न नेकपा (एमाले), राप्ती सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०८:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology