Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शान्ति समाज चितवनद्वारा युद्धको विरुद्ध प्रदर्शन

शान्ति समाज चितवनद्वारा युद्धको विरुद्ध प्रदर्शन

इच्छाकामना न्युज

११, फाल्गुण २०८०
शान्ति समाज चितवनद्वारा युद्धको विरुद्ध प्रदर्शन
images

चितवन । मानवधिकार तथा शान्ति समाज चितवनले युद्धको विरुद्धमा प्रदर्शन गरेको छ । समाजले आज फागुन ११ गते रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुगेको तथा इजरायल हमास युद्धको १२८ दिन पुगेकोमा तत्काल युद्ध रोक्न आग्रह गर्दै प्रदर्शन गरेको हो । 

images
images

समाजले भरतपुर स्थित पारस बसपार्क चोकमा आधा घण्टा प्रदर्शन गरेको हो । समाजका चितवन जिल्ला शाखाका सभापति शम्भु राउतको अध्यक्षता र शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेलको विशेष उपस्थितिमा समाजले प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा शान्ति समाज चितवनका पदाधिकारी सदस्यहरु लगायतको अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण शान्ति समाज चितवन शाखाका सचिव जीवन के.सी.ले गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - १५:२७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology