Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू साँस्कृतिक प्रतिष्ठानको २३ औं बार्षिकोत्सव सम्पन्न, वार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित

तमू साँस्कृतिक प्रतिष्ठानको २३ औं बार्षिकोत्सव सम्पन्न, वार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित

इच्छाकामना न्युज

१०, फाल्गुण २०८०
तमू साँस्कृतिक प्रतिष्ठानको २३ औं बार्षिकोत्सव सम्पन्न, वार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित
images

पोखरा ।  तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम यही फागुन ९ गते, बुधबार पोखरामा सम्पन्न भएको छ ।

images
images

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले सामाजिक संस्थाहरु मध्ये प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको व्यक्त गर्दै संस्थाले गरेको कार्यमा गर्व गर्नुभएको कुरा प्रकट गर्नुभयो । 

423944451_356616844003337_2700745686544105921_n.jpg

करिब ३०० जनाको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुमा ‘स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार’ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमुलाई सम्मान गरियो । 

त्यस्तै ‘स्व. घनबहादुर स्मृति पुरस्कार’ लमजुङ घाम्राङका साहित्यकार केयरसिं तमुलाई, ‘स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार’ कलाकार मनबहादुर तमु (माधव)लाई, ‘लालशोभा उत्कृष्ट आमा अवार्ड’ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमुलाई र ‘उच्च शिक्षा पुरस्कार’ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरियो । ‘खेलाडी सम्मान’द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा रजत पदक हासिल गर्न सफल एरिका तमुलाई सम्मान गरियो । कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई ल्यापटप उपहार प्रदान गर्नुभएको थियो । 

429479081_1077100520073749_8134043861498220681_n.jpg

रु १,२५,०००।– का दरले विभिन्न संघ संस्थाहरु तथा व्यक्तिहरुबाट नौ जना विद्यार्थी बराबरको अक्षयकोष रकम हस्तान्तरण गरिएको उक्त कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो ।

427745999_1524445458427268_8269834937820590073_n.jpg

प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमु, विद्यार्थी समितिका सचीव कविता तमु र सह(सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - ०८:४६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology