Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको राप्ती नगरपालिकामा लफडा बढ्यो, कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी

चितवनको राप्ती नगरपालिकामा लफडा बढ्यो, कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी

इच्छाकामना न्युज

९, फाल्गुण २०८०
चितवनको राप्ती नगरपालिकामा लफडा बढ्यो, कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी
images

चितवन । चितवनको राप्ती नगरपालिकामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । आज बुधबार उनीहरुले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

images
images

नगरप्रमुख शमशेर लामाले पटकपटक अनुरोध गर्दा पनि कार्यपालिका बैठक र हिउँदे नगरसभा नगरेका कारण तालाबन्दी गरिएको कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले जानकारी दिए ।

‘मेयर गठबन्धनको भोटबाट निर्वाचित भएका हुन्’ प्रजाले भने, ‘ तर, अहिले एकलौटी गर्न खोजे, तानाशाही बन्न थाले । राजा मै हूँ भने ।’ उनले तोक आदेशका भरमा नगरपालिका चलाउन खोजेको भन्दै वडावडाका विकास निर्माणमा समेत हस्तक्षेप गरेको आरोप लगाए । ‘नगरपालिकामा सबैलाई मिलाउनुपर्ने प्रमुख नै सिस्टममा चल्नु भएको छैन । हरेक कुरा भद्रगोल भएको छ’ प्रजाले भने । २३ जना कार्यपालिका सदस्य मध्ये प्रमुख  र दुई जना वडाअध्यक्ष बाहेक सबै जनप्रतिनिधि प्रमुख लामाको कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रजाले बताए ।

दुई वडा अध्यक्षमध्ये एक जना एकीकृत समाजवादी र एक जना स्वतन्त्र हुन् । प्रमुख लामा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसबाट गठबन्धन मार्फत् निर्वाचित भएका थिए ।पछिल्लो समय प्रमुख र उपप्रमुखको सम्बन्ध पनि राम्रो नभएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बताएका छन ।

प्रत्येक महिना हुनुपर्ने कार्यपालिका बैठक बिगत आठ महिनादेखि हुन नसकेको वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्यले बताए । उनले लामोसमयदेखि कार्यपालिका बैठक नबोलाएको, हिउँदे नगरसभा नबोलाएको, जनप्रतिनिधिलाई गालीगलौजमा उत्रिएको, तोकआदेशका आधारमा नगरपालिका सञ्चालन गर्न खोजेको र सुशासन कायम नगरेकाले तालाबन्दी गर्न बाध्य भएको नारायणी अनलाइनलाई जानकारी दिए । आचार्यले पटकपटक अल्टिमेटम दिँदा पनि बेवास्ता गरेका कारण तालाबन्दी गरेर आन्दोलनमा उत्रनु परेको बताए ।

नगर प्रमुख शमशेर लामाले भने कार्यपालिकामा बहुमतको दम्भ देखाएका कारण बैठक नबोलाएको बताए । उनले भने, ‘मैले सहमति गरेर कार्यपालिका बैठक आव्हान गर्दा पनि अदालत जाने लगायतका गतिविधि भए । त्यसैले बैठकको औचित्य देखिन । नगरका कामहरु नियमित भइरहेका छन् । ’ उनले नगरपालिकामा तोकआदेश गर्ने मेयर आफू भएको भन्दै उपप्रमुखको तोक लगाएर काम गर्ने प्रयास गरिएको भन्दै विरोध जनाए । उनले भने, ‘कांग्रेस–एमालेका जनप्रतिनिधिले अराजनीतिक गतिविधि बढाएका छन् । मेयरले गरेन भन्ने देखाउन एकजुट भएका छन् ।’ उनले गैरकानुनी क्रियाकलापलाई आफूले साथ नदिने भन्दै वडाका काममा कुनै हस्तक्षेप नगरेको बताए ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - २०:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology