Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शरदपुरको पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर पाठ वाचनमा रनबहादुर गुरूङद्वारा प्रवचन

शरदपुरको पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर पाठ वाचनमा रनबहादुर गुरूङद्वारा प्रवचन

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८०
शरदपुरको पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर पाठ वाचनमा रनबहादुर गुरूङद्वारा प्रवचन
images

भरतपुर । पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा धर्म प्रवचन कार्यक्रममा मङ्गलबार बौद्ध धर्म सेवा समाज केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका धर्मगुरू खेन्पो रिम्पोछे रनबहादुर गुरूङले प्रवचन दिएका छन् । भरतपुर–९, शरदपुरस्थित गुम्बा परिषरमा भइरहेको कार्यक्रममा मङ्गलबार पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

423944240_1074013460335276_3757523485938904210_n.jpg

धर्म गुरू रक्षबहादुर गुरूङका अनुसार विशेष पूजाको अवसरमा गुम्बामा आई धुप बाल्नु पनि पुण्यको काम हुने हुँदा यो समयमा टाढाटाढाबाट समेत कार्यक्रममा सहभागी हुने गरेका छन् । ‘धर्मकर्म र पुण्य कामप्रति आस्था र विश्वास गर्नेहरुका लागि यो समय सबैभन्दा मह¤वपूर्ण समय हो,’ उनले भने । 

423944349_1540669806786657_2621301730313203612_n.jpg

यही क्रममा नियमित हुने पूजापाठले पनि निरन्तरता पाएको छ । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक सन्तलाल गुरूङका अनुसार बुधबार पनि बौद्ध धर्म समाज केन्द्रका उपाध्यक्ष खेन्पो रिम्पोछे नरेश गुरूङद्वारा पाठ वाचन, डोल्मा तारा पूजा तथा प्रवचन हुनेछ । फागुन १२ गतेसम्म चल्ने प्रवचनमा खेन्पो रिम्पोछेहरु शीर लामा गुरूङ, सन्तोष गुरूङलगायतका धर्मगुरुहरुबाट पनि प्रवचन हुने कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ०९:१३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology