Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा क्यान्सर रोग पिडित भिम गुरुङलाई पौने २ लाख आर्थिक सहयोग

प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा क्यान्सर रोग पिडित भिम गुरुङलाई पौने २ लाख आर्थिक सहयोग

इच्छाकामना न्युज

६, फाल्गुण २०८०
प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा क्यान्सर रोग पिडित भिम गुरुङलाई पौने २ लाख आर्थिक सहयोग
images

चितवन । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ नेपालको केन्द्रीय महिला समितिले क्यान्सर रोग पिडितलाई झण्डै पौने २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समितिले आइतबार चितवन भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बर्दघाट ४ नवलपरासी सुस्ता पश्चिम निवासी ५२ वर्षीय भिम बहादुर गुरुङको उपचारको लागि आर्थिक सहयोग गरेको हो ।

images
images

426886682_2427067454147352_4485177199785841588_n.jpg

महिला समितिको संयोजनमा तमु प्ये ल्हु संघ नेपाल केन्द्रीय समितिबाट ७१ हजार ७ सय ५, तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीबाट ८५ हजार ६ सय ९५ र तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनबाट ६ हजार गरि १ लाख ६३ हजार ४ सय रुपैयाँ रकम संकलन गरि आर्थिक सहयोग गरिएको तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीका अध्यक्ष बुद्धिमाया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग रकम पिडितकै सामु पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

426886714_1816538275452396_4418163112208426257_n.jpg

क्यान्सर पिडित भिम बहादुर विगत डेढ वर्षदेखि जिब्रोको क्यान्सरबाट पिडित हुनुहुन्छ । 

426978257_938768600982213_8688928162578938647_n.jpg

रकम हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ नेपालका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, चितवनका जिल्ला अध्यक्ष बिक्रम गुरुङ, केन्द्रीय महिला समितीका अध्यक्ष बुद्धिमाया गुरुङ, निवर्तमान केन्द्रीय महिला समिति अध्यक्ष पुष्पा गुरुङ लगायतको उपस्तिथि रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - २२:०७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology