Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोनाका कारण तयारी कपडाको आयात घट्यो तर मूल्य भने आकाशीयो  

कोरोनाका कारण तयारी कपडाको आयात घट्यो तर मूल्य भने आकाशीयो  

images

सिआईएन

२१, माघ २०७७
कोरोनाका कारण तयारी कपडाको आयात घट्यो तर मूल्य भने आकाशीयो  
images

सीता शर्मा, काठमाडौं, २१ माघ । कोरोना भाइरसका कारण विदेशबाट तयारी कपडाको आयात कम भएको छ। कपडाको आयत कम हुँदा बजारमा कपडाको मुल्य बढेको छ। मूल्य बढेपछि व्यापार कम भएको व्यवसायीको गुनासो छ। 
काठमाडौ महाबौद्धका होलसेल व्यापारी सुरथ बासुले चीनबाट आवश्यक कपडा माग गरेको १ वर्ष भयो। कोरोनाको कारण माग अनुसारको कपडा अहिले सम्म आइपुगेको छैन। आवश्यकता र बजारको माग अनुसारको कपडा आइनपुग्दा पसलमा भनेजस्तो कपडा छैन। जसले गर्दा बिक्रि कम भएको छ। दैनिक २ देखि ३ लाखको कारोबार हुने उहाँको पसलमा अहिले मुस्किलले ४० देखि ५० हजारको कारोबार हुन्छ। 
काठमाडौको कलंकीमा निकिता बर्जाचार्यको खुद्रा फेन्सी पसल छ। होलसेलमा कपडा किन्न आउँदा हरेक पटक कपडाको मुल्य बढेको उहाँ बताउनुहुन्छ। ‘खोजे जस्तो कपडा पाइदैन, त्यसमा पनि प्रत्येक पटक मूल्य बढ्छ।  आफूले बढेको मुल्यमा किनेर ग्राहकलाई कसरी बेच्ने ? भन्ने चिन्त्ता लाग्छ।’ उहाँले भन्नुभयो।  
अचेल व्यवसायीहरु व्यापार नभएर गुनासो गर्छन् भने ग्राहकहरु मुल्य अस्वभाविक बढ्यो भनेर गुनासो गर्न थालेका छन्। नेपालमा बिक्रि हुने तयारी पोसाक सबैभन्दा धेरै चिनबाट आयात हुने गरेको छ। कारोना भाइरसको कारण देखाउदै चिनले तातोपानी नाका र रसुवा नाकामा गरेको कडाईले तयारी कपडा न्युन मात्रामा नेपाल आएको भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले बताउनुभयो। भन्सार विभागकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ को ६ महिनामा मात्रै करिब १८ अर्ब ३५ करोडको तयारी पोसाक आयात भएको थियो। चालु आर्थिक बर्षको सोही अबधिमा भने कपडाको आयात १८ प्रतिशतले घटेको छ। कोरोनाका कारण आयात कम हुँदा उपभोक्ता महंगोमा खरिद गर्न बाध्य भएका  छन्।  

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १९:५६:०६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology